कांग्रेस सांसदले रास्वपाबाट नाभि नकाटिएको आरोप लगाएपछि सभामुखले गराए ध्यानाकर्षण
nepalbahas.com · Wed Jun 17 06:36:58 GMT 2026

कांग्रेस सांसदले रास्वपाबाट नाभि नकाटिएको आरोप लगाएपछि सभामुखले गराए ध्यानाकर्षण
३ असार, काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसदले आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । बैठकमा कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख अर्यालको भूमिकामाथि प्रश्न उठाएर रास्वपासँग नाभि नकाटिएको बताएका थिए ।
आजको प्रतिनिधिसभा बैठकमा उनले सभामुखको रास्वपासँगको ‘नाभि नकाटिएको’ आरोप लगाए । सभामुख महोदय, हाम्रो सामुन्नेमा बस्नुभन्दा पहिले एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो, उनले भने, के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा । त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि क्या हो ?
यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिउपर रुलिङ नगरेको भनेर सभामुख अर्यालमाथि नै प्रश्न उठाएका थिए । यो विषयमा लगत्तै सभामा नियमापत्ति भयो । रास्वपाका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ मा सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान राखेको स्मरण गराए ।
त्यसपछि सभामुख अर्यालले यो विषयमा ध्यानाकर्षण भएको बताए । सभामुखले भनेका छन्, आजै माननीय सदस्य चन्द्रमोहन यादवले बोल्ने क्रममा बोलिएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ । माननीय सदस्यलाई हाम्रो नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँदछु ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ मा सभाको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियम छ । जसको (ख) मा भनिएको छ, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने ।
साथै, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न नपाइने नियम छ । कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने पनि भनिएको छ ।
प्रतिनिधिसभा
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
चिया उद्योग संकटमा पर्दा सरकार मौन: सांसद राई
असार ३, २०८३ बुधबार
समितिको बैठकमा अनुपस्थित हुनुको कारणसहित पूर्वाधार विकास मन्त्री लम्सालसँग स्पष्टीकरण मागिने
असार २, २०८३ मंगलबार
सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग
असार २, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक
इन्द्र रिजाल
जेठ ३१, २०८३ आइतबार
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन
नेपालबहस संवाददाता
जेठ ३१, २०८३ आइतबार
Tweets by nepalbahas
लोकप्रिय
१
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
असार २, २०८३ मंगलबार
२
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
असार २, २०८३ मंगलबार
३
सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग
असार २, २०८३ मंगलबार
छुटाउनुभयो कि?
कांग्रेस सांसदले रास्वपाबाट नाभि नकाटिएको आरोप लगाएपछि सभामुखले गराए ध्यानाकर्षण
असार ३, २०८३ बुधबार
चिया उद्योग संकटमा पर्दा सरकार मौन: सांसद राई
असार ३, २०८३ बुधबार
खुकुरी देखाएर युवतीलाई यातना दिने युवक पक्राउ
असार ३, २०८३ बुधबार
'धुरन्धर' सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
असार ३, २०८३ बुधबार
सिटिजन्स बैंकको ८ औं विशेष साधारणसभा सम्पन्न, २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय
असार ३, २०८३ बुधबार
चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
असार ३, २०८३ बुधबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
बालेन शाह