मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका

ratopati.com · Wed Jun 17 06:49:44 GMT 2026

टीकापुर। टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरु क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह/समूह बनाइ खकार सङ्कलन अभियान तीव्र पारिएको छ । क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत पालिकाले जोखिममा रहेका समूहको समुदायमै गएर खकार सङ्कलन र परीक्षण थालेको हो ।

असार १ र २ गते अस्नेहरी सहरी स्वास्थ्य केन्द्र, असार २ र ३ गते टीकापुर–७ नयाँबस्तीमा परीक्षण शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)