मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग

nepalbahas.com · Wed Jun 17 06:38:42 GMT 2026

सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग

३ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।

बैठकको सुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरे ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएको धारणाका सम्बन्धमा ‘रुलिङ’ गर्न र संसद्मा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गरे ।

उनले सरकारका मन्त्रीहरूले नै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे ।

नेकपा (एमाले)का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा नेपालको सीमा अतिक्रमण भएको उल्लेख गर्दै देशभन्दा माथि कोही पनि नरहेको धारणा राखे । उनले सुकुम्बासीलाई राखिएको ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएको भनी सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीले सदनमार्फत नेपाल र भारतको सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गरे ।

उनले कुनै पनि पार्टीको सदस्य नरहने स्वतन्त्र भूमिकामा रहनुपर्ने सभामुखबाट सोहीअनुसार कामकाज हुने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग रहेको सम्बन्धको ‘नाभी काट्न’ सक्नुभएको छैन कि क्या हो ? भनी प्रश्न गरे । सांसद यादवको उक्त धारणाप्रति सत्तारुढ दल रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरे । लगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद यादवको अभिव्यक्तिका सम्बन्धमा ध्यानाकषर्ण भएको बताए ।

राजनीति

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

कांग्रेस सांसद यादवले अझै रास्वपाबाट नाभि नकाटिएको आरोप लगाएपछि सभामुखले गराए ध्यानाकर्षण

असार ३, २०८३ बुधबार

चिया उद्योग संकटमा पर्दा सरकार मौन: सांसद राई

असार ३, २०८३ बुधबार

समितिको बैठकमा अनुपस्थित हुनुको कारणसहित पूर्वाधार विकास मन्त्री लम्सालसँग स्पष्टीकरण मागिने

असार २, २०८३ मंगलबार

नेपालबहस ट्रेन्डिङ

धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक

इन्द्र रिजाल

जेठ ३१, २०८३ आइतबार

टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न

नेपालबहस संवाददाता

असार २, २०८३ मंगलबार

मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब

नेपालबहस संवाददाता

असार १, २०८३ सोमबार

सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन

नेपालबहस संवाददाता

जेठ ३१, २०८३ आइतबार

Tweets by nepalbahas

लोकप्रिय

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो

असार २, २०८३ मंगलबार

सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग

असार २, २०८३ मंगलबार

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, नगर प्रमुख लामासहित टोलीद्वारा स्थलगत निरीक्षण

असार २, २०८३ मंगलबार

छुटाउनुभयो कि?

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

असार ३, २०८३ बुधबार

सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग

असार ३, २०८३ बुधबार

कांग्रेस सांसद यादवले अझै रास्वपाबाट नाभि नकाटिएको आरोप लगाएपछि सभामुखले गराए ध्यानाकर्षण

असार ३, २०८३ बुधबार

चिया उद्योग संकटमा पर्दा सरकार मौन: सांसद राई

असार ३, २०८३ बुधबार

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक पक्राउ

असार ३, २०८३ बुधबार

'धुरन्धर' सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

असार ३, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय