स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा उमेदवारी दर्ता
baahrakhari.com · Tue Mar 11 18:03:48 GMT 2025

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार अधिकांश क्याम्पसमा उमेदवारी दर्ता गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी संगठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उमेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)