डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह
gorkhapatraonline.com · Fri May 08 17:20:54 GMT 2026

सरकारले १३ स्थानीय तहलाई डेङ्गी सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।
“हामीले पुस यता सबै स्थानीय तहको डेङ्गी सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गी सङ्क्रमण देखिएका छन् । तर यी १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएको सतर्कता अपनाउन पत्राचार गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)