सप्तकोशी नदीमा ढुङ्गा दौड
gorkhapatraonline.com · Sun May 24 11:28:47 GMT 2026

माझी समुदायको परम्परागत पेसा र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको खुल्ला ढुङ्गा दौड प्रतियोगितामा वराहक्षेत्र–२ का सूर्य माझी र मित्र माझीको जोडी प्रथम हुनुभएको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी नदीको बोराबान्ध क्षेत्रमा आयोजित खुल्ला ढुङ्गा दौड प्रतियोगितामा कुल नौवटा समूहको सहभागिता रहेको नेपाल माझी उत्थान सङ्घ सुनसरीले जनाएको छ। प्रतियोगितामा प्रत्येक समूहमा दुई जना सदस्य रहने व्यवस्था गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)