साथीसँग घुम्न गएका दुई जनाको बागमती नदीमा डुबेर मृत्यु
annapurnapost.com · Sun May 24 11:24:44 GMT 2026

मलंगवा : सर्लाहीको बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–९ का १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
५ जना साथीहरूसहित घुम्न गएका रोहित र गणेश नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झुलुङ्गे पुल मुनिबाट बेपत्ता बनेका थिए । बेपत्ता बनेको खबर आएपछि प्रहरी टोलीले खोजी कार्यमा जुटेका थिए । खोजी गर्दै जाँदा आइतबार दुबैजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)