ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
gorkhapatraonline.com · Wed Jun 17 06:57:37 GMT 2026

जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख चिरञ्जीवी दाहालका अनुसार क १ त १४ नम्बरको ट्याक्टर मंगलबार साँझ करिब ६ बजे तातोपानी गाउँपालिका –३ को खोलासडा भन्ने स्थानमा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)