‘जेनजी आन्दोलन सत्ता होइन, सुशासन र संस्थागत सुधारका लागि हो’ : सरिस्मा थापा
kalakarmi.com · Sun May 24 11:37:49 GMT 2026

काठमाडौं- जेनजी नेतृ सरिस्मा थापाले जेनजी आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि भएको बताएकी छन् ।स्वतन्त्र नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजिएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘हामीले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजेका थियौँ । यो आन्दोलन सुशासनका लागि भएको हो भन्ने भाषा सबैका अगाडि राख्न चाहेका हौँ । दण्डहीनताको अन्त्य होस्, सार्वजनिक सेवा प्रणालीमा सुधार होस्, सरकारको काममा पारदर्शिता होस् र ‘सरकार कसैको होइन, जसको कोही छैन उसको राज्य छ’ भन्ने भाषामा अगाडि बढोस् भन्नका लागि आन्दोलन भएको हो । तर ‘मलाई बोल्न दे सरकार’ भनेर सुरु भएको आन्दोलन चुपचापमा बदलिएको हामीले थाहा पाउन सकेका छैनौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)