मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकाताले दिल्लीविरुद्ध जितेर मात्र नपुग्ने

hamrokhelkud.com · Sun May 24 10:59:43 GMT 2026

कोलकाताले दिल्लीविरुद्ध जितेर मात्र नपुग्ने

एजेन्सी – कोलकाता नाइट राइडर्सका लागि आइपिएल २०२६ को प्लेअफ सम्भावना अझै जीवित छ। तर त्यसका लागि कोलकाताले ठूलो अन्तरको जित आवश्यक पर्नेछ। तर त्यतिले मात्र पुग्ने छैन । आज हुने खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई गराउनुपर्नेछ।

सिजनको सुरुवाती ६ खेलमध्ये केवल १ अंक जोडेको कोलकाताले त्यसपछि लय समातेको छ। क्यामरुन ग्रीन, सुनिल नारिन, वरुण चक्रवर्ती र कार्तिक त्यागीको उत्कृष्ट प्रदर्शनले टोलीलाई प्लेअफ दौडमा फर्काएको हो।

आज कोलकातालाई दिल्ली क्यापिटल्सविरुद्ध विशाल जित चाहिएको छ। यदि पहिले ब्याटिङ गर्दै २ सय रन बनायो भने कम्तीमा ७७ रनले जित्नुपर्नेछ। यस्तै १‌ सय ८० रन जति पछ्याउँदा १२ देखि १२.४ ओभरमै लक्ष्य पूरा गर्नुपर्ने अवस्था छ। खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

दिल्ली भने प्लेअफ दौडबाट बाहिरिसकेको छ। तर मिचेल स्टार्क, केएल राहुल र अभिषेक पोरेलजस्ता खेलाडीको उपस्थितिले दिल्लीलाई कमजोर टोलीका रूपमा लिन सकिन्न ।

कोलकातालाई ठूलो झट्का लागेको छ। टोलीका सर्वाधिक रनकर्ता अंगकृष रघुवंशी चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। उनले १२ इनिङ्समा ४ सय २२ रन बनाएका थिए। अब विकेटकिपरको भूमिकामा तेजस्वी दहिया खेल्ने सम्भावना छ।

कोलकाताका लागि क्यामरुन ग्रीन पछिल्ला खेलमा उत्कृष्ट लयमा छन्। गुजरात टाइटन्सविरुद्ध ७९ रन बनाएपछि उनले पछिल्ला ८ इनिङ्समध्ये पाँचमा ३० भन्दा बढी रन बनाएका छन्। साथै बलिङमा पनि उनले प्रभाव पारेका छन्।

दिल्लीका अभिषेक पोरेलले पनि पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका थिए। राजस्थानविरुद्ध उनले २९ बलमा अर्धशतक बनाउँदै टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए।

तथ्यांकअनुसार पावरप्लेमा दिल्लीको प्रदर्शन कमजोर रहेको छ। पहिलो ६ ओभरमा उसको रनरेट सबै टोलीभन्दा कम ८.७ रहेको छ। यस्तै बलिङतर्फ पनि टोलीले केवल १३ विकेट लिएको छ।

कोलकाताको सुरुवात पनि खास राम्रो छैन। पावरप्लेमा उसको रनरेट ८.८ रहेको छ। तर वरुण चक्रवर्तीले पछिल्ला खेलमा उत्कृष्ट पुनरागमन गरेका छन्।

सुरुका ६ खेलमा महँगा साबित भएका उनले पछिल्ला ६ खेलमा प्रभावशाली बलिङ गर्दै मध्य ओभरमा टोलीका मुख्य हतियार बनेका छन्।

Latest News

नेपाल ‘ए’ ले अल इण्डिया गोल्ड कप खेल्ने

May 24, 2026

पलेशा एसियन पारा गेम्सको लागि सोझै छनोट, २ खेलाडी छनोट खेल्दै

May 24, 2026

कोलकाताले दिल्लीविरुद्ध जितेर मात्र नपुग्ने

May 24, 2026

All Latest News

Popular News

नेपाल ‘ए’ ले अल इण्डिया गोल्ड कप खेल्ने

May 24, 2026

पलेशा एसियन पारा गेम्सको लागि सोझै छनोट, २ खेलाडी छनोट खेल्दै

May 24, 2026

कोलकाताले दिल्लीविरुद्ध जितेर मात्र नपुग्ने

May 24, 2026

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)