युक्रेनको राजधानी कीभमै रुसको ठूलो आक्रमण, ‘हाइपरसोनिक मिसाइल’ प्रहार
annapurnapost.com · Sun May 24 11:37:34 GMT 2026

रुस : रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् ।
कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको छ। शनिबार–आइतबार मध्यरातभरि विस्फोटका आवाज सुनिएको र आवासीय भवन तथा विद्यालयहरूमा क्षति पुगेको खबर आएको छ । रूसको रक्षा मन्त्रालयले आक्रमणमा ‘ओरेशनिक’ हाइपरसोनिक मिसाइल प्रयोग गरिएको जनाएको छ। मन्त्रालयका अनुसार यी हमला युक्रेनले ‘सिभिलियन पूर्वाधार’ माथि गरेको आक्रमणको जवाफस्वरूप गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)