मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरेन राईको प्रश्न- भदौ आन्दोलनमा सहभागी कोही मन्त्री र सांसद बन्ने, सोझासाझा जेलमा बस्नुपर्ने ?

nepalpress.com · Wed Jun 17 07:12:22 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भदौ २३/२४ गते भएको जेनजी आन्दोलनबारे सरकारको दृष्टिकोण माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनबारे सरकारको धारणा मागे।

उनले आन्दोलनमा सहभागी केही व्यक्ति मन्त्री र सांसद बनेर राज्य सञ्चालनमा रहेको तर केही सर्वसाधारण भने कारागारमा बस्नुपरेको अवस्था दुःखद रहेको टिप्पणी गरे।

उनले भने, ‘त्यही आन्दोलनमा सहभागी केही मन्त्री, सांसद हुनुपर्ने, देश चलाउनुपर्ने। अनि त्यही आन्दोलनमा सहभागी हुने सोझासाझा नागरिक कारागार बस्नुपर्ने?’

उनले विभिन्न जिल्लाबाट परेका ९७३ मध्ये केही सामान्य तारेख र धरौटीमा छुटे पनि करिब २०० जना अझै पुर्पक्षका लागि थुनामा रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)