मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयक अन्तरक्रिया

lokaantar.com

सप्तरीमा कानूनी साक्षरताका लागि 'न्यायाधीश र विद्यार्थी अन्तरक्रिया' विषयक कार्यक्रम गरिएको छ ।

सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको काम गर्ने प्रक्रिया, विपन्नलाई नि:शुल्क न्याय सेवाको उपलब्धता लगायत विषयमा जानकारी दिएका थिए ।

सोही अदालतका श्रेस्तादार श्यामहरि अधिकारीले अदालतले दिने न्याय, त्यसका प्रक्रिया, विभिन्न निकाय र संस्था तथा नागरिकको भूमिका आदि विषयमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा सप्तरी जिल्ला अदालतका न्यायाधीशहरू मोहनबहादुर अधिकारी, दीपक धिताल, बाबुराम भट्टराई, गोकुल पन्त र महेन्द्रप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थी, अभिभावक र अन्य सहभागीले अदालती प्रक्रिया, न्यायमा ढिलाइ, नागरिकले पाइराखेको सास्ती, युवा वर्गको भूमिकालगायत विषयमा न्यायाधीशहरूलाई प्रश्न गरेका थिए । मुख्य न्यायाधीश घिमिरेले ती प्रश्नहरूको जवाफ दिएका थिए ।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थी, अभिभावक, शिक्षक, अधिवक्ता, राजनीतिज्ञ, समाजसेवी, पत्रकारलगायतको उपस्थिति तथा छलफलमा सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालन नरबहादुर खड्काले गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)