मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अतिक्रमित सार्वजनिक जग्गाको खोजीकार्य सुस्त

gorkhapatraonline.com · Wed Jun 17 07:14:59 GMT 2026

लमजुङमा अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान कार्यान्वयन प्रक्रिया सुस्त भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान गर्न आठ वटै स्थानीय तहलाई निर्देशन दिएको एक डेढ महिना बित्दा पनि खोजविन प्रक्रिया थालेको छैन ।

संघीय सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले गत वैशाख २३ गते जिल्लाका सबै पालिकालाई अतिक्रमित सार्वजनिक जग्गा पहिचान गरी विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो । हालसम्म अधिकांश स्थानीय तहले सूचना जारी गर्ने र निर्णय गर्ने बाहेक ठोस रूपमा खोजी तथा तथ्याङ्क संकलनको काम अघि बढाउन सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)