सम्माननीय सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट
barnanmedia.com · Wed Jun 17 07:09:21 GMT 2026

काठमाडौं । सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत महामहिम मो। शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए ।
सभामुख अर्यालले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)