मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

barnanmedia.com · Wed Jun 17 07:13:05 GMT 2026

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण भएपछि परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएको माझी समुदायको पेसा सङ्कटमा परेको छ । माछाका लागि प्रख्यात सो नदीमा बाँध निर्माणपछि बनेको ‘जलाशय’मा माछा कमी हुँदा माझी र डुङ्गा चलाउन नपाउँदा बोटे समुदायको पेसा सङ्कटमा परेको हो ।

बाउबाजेले गर्दै आएको पेसामा रमाउँदै आएका माझी समुदायका अनुसार जलाशय बन्नुअघि कालीगण्डकी र आँधीखोलाको सङ्गम क्षेत्र आसपासमा माछा प्रशस्त पाइन्थ्यो । नदीमा जाल थापेपछि भोलिपल्ट बिहान जालभरि माछा पथ्र्याे । अहिले १४४ फिट उचाइको बाँध बनेसँगै तल्लो भागका माछा माथिल्लो क्षेत्रमा आउन रोकिएपछि माझी र बोटे समुदायको पेसा प्रभावित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)