रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
ratopati.com · Wed Jun 17 07:25:47 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विद्यमान वैदेशिक रोजगार ऐनलाई टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन नसक्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्यमान वैदेशिक रोजगार ऐन लगाम विनाको घोडा जस्तो भएको टिप्पणी गरे । उनले भने- ‘विद्यमान वैदेशिक रोजगार ऐन लगाम विनाको घोडा हो । यही ऐनलाई टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्दैन । ऐन अनुसार रोजगारदाता माथि नियन्त्रण गर्न सकिएको छ । व्यवसायीलाई व्यवसाय गर्न नियन्त्रण गरिएको छ । श्रमिकको सुरक्षा मजबुत छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)