मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो २०२०ः वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

ekagaj.com · Sat Jun 26 18:32:40 GMT 2021

काठमाडौँ : डेनमार्क जारी युरो २०२० को क्वार्टरफाइनल प्रवेश गरेको छ । शनिवार राति अन्तिम १६ को खेलमा वेल्समाथि ४-० को जित हासिल गर्दै डेनमार्क युरोको क्वाटरफाइनल प्रवेश गरेको हो । डेनमार्कको जितमा कास्पर डोल्बर्गले दुई गोल गरे भने योकिम मेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

आम्सटेरडामस्थित योहान क्रुफ रंगशालामा भएको खेलमा डोलबर्गले २७ औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफ सुरु भएको तीन मिनेटपछि नै फ्रेन्च क्लब निसका स्ट्राइकर डोलबर्गले डेनमार्कको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा डेनमार्कको तेस्रो गोल मेलले गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)