वनहराका भूमिहीनको हलो जोतेर उमेर बित्यो
barnanmedia.com · Fri May 08 22:12:51 GMT 2026

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीबाट दुई दशकअघि मथुरादेवी सार्कीको परिवार ‘सस्तो बेसा’ (खाद्यान्न)को खोजीमा तराई झर्यो । सार्की परिवारको एउटा सुन्दर सपना थियो ।
तराईको समथर फाँटमा आफ्नो एउटा सानो घर हुनेछ र परिवारका सदस्यले पेटभरि खान पाउनेछन् । सत्तरी वर्षको उमेर ढल्किँदै गर्दा मथुरा देवीको त्यो सपना अझै पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा नदीको किनारमा रहेको भूमिहीन शिविरको झुपडीभित्र गुम्सिएर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)