अदानी इन्टरप्राइजेजले एयरपोर्ट युनिटको ५.५४% सेयर बेचेर १ अर्ब डलर जुटाउने
clickmandu.com · Wed Sep 09 06:37:58 GMT 2026

एजेन्सी । भारतको अदानी इन्टरप्राइजेजले व्यवसाय विस्तारका लागि आवश्यक रकम जुटाउन टेमासेक, ब्ल्याकरक, प्रेमजी इन्भेस्ट र अल्फा वेभ सम्मिलित लगानीकर्ता समूहलाई आफ्नो एयरपोर्ट एकाइको ५.५४ प्रतिशतसम्म सेयर बिक्री गरी करिब १ अर्ब अमेरिकी डलर उठाउन सहमति जनाएको बुधबार बताएको छ ।
यस सम्झौताअन्तर्गत अदानी एयरपोर्ट होल्डिङ्सले लगानीकर्ताहरूको कन्सोर्टियमलाई नयाँ सेयर जारी गर्नेछ जसले व्यवसायका लागि नयाँ पुँजी भित्र्याउनेछ भने अदानी इन्टरप्राइजेज यसको नियन्त्रणकारी सेयरधनी (कन्ट्रोलिङ सेयरहोल्डर) कै रूपमा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)