मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालको गौरव र प्रतिष्ठा बढाउने गरी कूटनीति अघि बढाउन सभामुख अर्यालको आग्रह

barnanmedia.com · Fri May 08 22:34:25 GMT 2026

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्। नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सभामुख अर्यालले कूटनीतिक नियोगहरूको सक्रिय सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय सुरु गर्न आवश्यक रहेकोमा जोड दिए। उनले नेपालको राष्ट्रिय महत्त्व र पहिचानलाई विश्वमाझ बुझाउन अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखे। शिक्षा र प्रविधिको प्रयोग गर्दै नयाँ पुस्तालाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत र संस्कृतिप्रति जागरूक बनाउन जरुरी रहेको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)