मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

‘मन्त्री ज्यू ! प्रविधिको प्रयोग गरी वाग्मतीको पानी पिउनयोग्य बनाउन सकिन्छ’

nagariknews.nagariknetwork.com · Fri Dec 06 15:43:51 GMT 2024

“मन्त्री ज्यू ! प्रविधिको प्रयोगले वाग्मतीको फोहर पानी पिउनयोग्य बनाउन सकिन्छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आफूले बनाएको नमूना देखाउँदै इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्यार्थी भने। जवाफमा मन्त्री गुरुङले पनि उनीहरुको प्रशंसा गर्दै भने, “तपाईंहरुजस्ता युवाहरुको सिर्जनात्मक काम हेर्दा म आफैँ ऊर्जावान् महसुस गरिरहेको छु”।

मन्त्री गुरुङको प्रशंसाले हर्षित विद्यार्थी सक्षम सिलवालले भने, “उहाँले प्रशंसा गरेपछि हामीलाई थप काम गर्ने प्रेरणा मिलेको छ।” सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजमा इन्जिनियरर्स भल्ग्स्ले शुक्रबारदेखि आयोजना गरेको तीनदिने ‘अर्बिट इन्जिनियरिङ एक्स्पो टु प्वाइन्ट जिरो’को उद्घाटन र अवलोकन गर्न पुगेका मन्त्री गुरुङले विद्यार्थीलाई हौसला दिनुका साथै सूचना प्रविधि क्षेत्रमा युवा पुस्ताले गर्नसक्ने सम्भावनाको समेत उजागर गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)