एक महिनामा समस्याग्रस्त सहकारीका १४ सय बचतकर्ताको रकम फिर्ता
corporatenepal.com · Wed Jun 17 07:24:36 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक महिनामा १४ सय जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समितिले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै १ हजार ४ सय ५२ जनाको रकम फिर्ता गरिएको जानकारी दिएको हो ।
समितिले सार्वजनिक गरेको विवरण अनुसार जेठ महिनामा ८ वटा समस्याग्रस्त सहकारीका कुल एक हजार ४५२ जना बचतकर्ताहरूलाई ५९ लाख ४ हजार ६८९ रुपियाँ बचत फिर्ता भएको छ । फिर्ता गरिएको यो रकम मुख्यतया १० हजारभन्दा मुनिका बचतकर्ताहरूको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)