मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

ekantipur.com · Tue Aug 09 01:04:18 GMT 2022

काठमाडौँ — लगानी बोर्डको ५२ औं बैठकले सोमबार पश्चिम सेती परियोजनाको सर्वेक्षण अनुमतिका लागि गरिने समझादारीपत्र स्वीकृत गरेको छ । ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ (एसआर–६) संयुक्त जलविद्युत् परियोजनाको विकासका लागि अध्ययन गर्न विकासकर्ता भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग गरिने सझदारीपत्र बैठकले स्वीकृत गरेको हो । एनएचपीसीसँग २ वर्षभित्रमा सर्वेक्षण सक्ने र अध्ययन प्रतिवेदन तयार पर्ने गरी सम्झौता गर्ने गरी समझदारीपत्र स्वीकृत गरिएको हो ।

बैठकले ६७९ मेगावाट उत्पादन क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताका सम्बन्धमा आवश्यक तयारी अघि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगमले लाइसेन्स पाएको यो आयोजनाको डीपीआर बुझाइसकेको छ । अब लगानी स्वीकृत गरेर पीडीए अघि बढ्ने लगानी बोर्डको कार्यालयले जनाएको छ । बैठकले ३२७ मेगावाट उत्पादन क्षमताको माथिल्लो मस्याङ्दी–२ जलविद्युत् परियोजनाको अध्ययनका लागि हिमताल हाइड्रोपावर कम्पनी लिमिटेडलाई सर्वेक्षण अनुमतिपत्र दिने पनि निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)