‘फ्री भ्रिसा फ्री टिकट’को ‘कन्सेप्ट’ गलत, सच्याउँदैछौँ : मन्त्री यादव
baahrakhari.com · Wed Jun 17 07:27:30 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘फ्री भिसा फ्री टिकट’को ‘कन्सेप्ट’ गलत भएको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि मन्त्रालयत छलफलको जवाफ दिने क्रममा उनले यसलाई परिवर्तनका लागि कार्यदल गठन गरिएको बताए । “फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो । त्यतिबेला त्यही गरिएको हो । गलत कन्सेप्ट हो । यसलाई परिवर्तन गर्नका लागि जेठ २२ गते कार्यदल गठन गरेर ३५ दिनको समय दिएको छु,” उनले भने, “त्यहाँभित्र उहाँले रिपोर्ट बुझाउनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)