मुक्तक संग्रह ‘भावनाका लहर’ विमोचन
nepalpress.com · Sun May 24 12:05:08 GMT 2026

दाङ । साहित्यकार शरद गौतमको मुक्तक संग्रह ‘भावनाका लहर’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा आइतबार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाललगायतका अतिथिहरुले मुक्त संग्रहको संयुक्त रुपमा बिमोचन गरेका थिए ।
कार्यक्रममा मुक्त संग्रहको समीक्षा गर्दै साहित्यकार डा. हिमलाल पन्थीले भावना, लय एवं वर्णविन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताउँदै संग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै सुधारका निम्ति मुक्तकको माध्यमबाट सन्देश प्रवाह गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)