मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिसहित उच्च पदस्थलाई बाँसको कुर्सी उपहार

ratopati.com · Fri Dec 06 19:49:00 GMT 2024

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो ।

बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न/गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । ‘उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने भनेर कार्यपालिका बैठकले निर्णय गरिसकेका छौँ । निर्णयको प्रतिलिपिसहितको जानकारीपत्र राष्ट्रपतिसहित सबै उच्च पदस्थ व्यक्तिलाई पठाइसक्यौँ । उपहार दिने कुर्सी यही मङ्सिर २८ गतेदेखि वडा नं ६ नेर्पामा बनाउन सुरु गरिनेछ’, उनले भने, ‘उच्च पदस्थ व्यक्तिलाई उपहार दिने भनेपछि कुर्सी बनाउने क्रममा सुरक्षा संवेदनशीलता तथा कुनै कानूनी समस्या आउन सक्छ । त्यसका लागि सुरक्षा संयन्त्र परिचालन गरी सहजीकरण गर्ने वातावरण मिलाई दिन सम्बन्धित निकायमा अनुरोधसमेत गरेका छौँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)