मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘क्यान्सरका बिरामी औषधि नपाएर छट्पटिँदा मन्त्रीको निर्देशन कागजमै सीमित’

nagariknews.nagariknetwork.com · Wed Jun 17 07:30:33 GMT 2026

नेपाली कांग्रेसकी सांसद सीता (उर्मिला) थपलियाले क्यान्सरका बिरामीहरूले अत्यावश्यक औषधि नपाउँदा उपचारमा गम्भीर समस्या भोगिरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। उनले स्वास्थ्यमन्त्रीले दिएको निर्देशन व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ माग गरेकी हुन्।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सीता थपलिया उर्मिला ले भनिन्, “संसदमा प्रश्न उठेपछि मन्त्रीज्यूले निरीक्षण गरेर निर्देशन दिएको जानकारी आयो । तर आज पनि देशभरका बिरामी र परिवारजन सिस्प्लाटिन नपाएको गुनासो गरिरहेका छन् । हिजो मात्रै भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका बिरामीले औषधि खोजिदिन भन्दै मलाई गुहार्नुभयो । मन्त्रीज्यूको निर्देशन आखिर कहाँ हरायो ?”

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय