छिन्नलता गीत पुरस्कार गुठीले मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने
nepalnews.com · Sun May 24 12:23:12 GMT 2026

काठमाडौँ। छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले यस्तो निर्णय गरेको हो।
बैठकले गीत, सङ्गीत र गायनतर्फको यस वर्षको पुरस्कार पनि घोषणा गरेको छ। गुठीका सचिव दिनेश अधिकारीका अनुसार गीत रचनातर्फ नवराज लम्साल र सङ्गीत रचनातर्फ किरण कँडेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)