दुई दिने सार्वजनिक बिदाले होटल व्यवसायी उत्साहित, सरकारी कार्यक्रम होटलमा नगर्ने नीति सच्याउन माग
ajakoartha.com · Wed Jun 17 07:07:00 GMT 2026

काठमाडौं– हालै सरकारले सार्वजनिक बिदा दुई दिन कायम गरेपछि होटल तथा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिन थालेको छ । व्यस्त जीवनशैलीका कारण मानिसहरूलाई परिवारसँग समय बिताउन र घुमफिर गर्न पर्याप्त अवसर मिलिरहेको थिएन । दुई दिने बिदाको व्यवस्थाले आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्दै होटल व्यवसाय पनि चलायमान भएको छ ।
दुई दिनको सार्वजनिक बिदाले होटल व्यवसायमा ग्राहकको चाप बढेसँगै आम्दानीमा पनि सुधार आएको छ । विशेषगरी पोखरा, चितवन, लुम्बिनी, नगरकोट, इलाम लगायतका पर्यटकीय क्षेत्रका होटलमा बुकिङ बढेको देखिन्छ । यसले होटल व्यवसायीलाई सेवा विस्तार गर्न र गुणस्तर सुधार गर्न प्रेरित गरेको छ । साथै, यसले कोरोनाको समयमा रोजगारी गुमाएकाहरूले पनि पुनः अवसर पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ