मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साढे दुई तलाको घर बेचेर कृषिमा लगानी

barnanmedia.com · Fri Dec 06 22:31:15 GMT 2024

काठमाडौँ, २२ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले राजमार्गसँगै जोडिएको साढे दुईतले घर बेचेर कृषिमा लगानी गर्नुभएको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको घर बेचेर उहाँले गैँडाकोट–१८ बसेनीमा जग्गा किनेर रू दुई करोड ६५ लाख लगानी गरी टीकारत्न टुल्की कृषि फर्म सञ्चालन गर्नुभएको छ ।

विसं २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उहाँले कृषि कर्मलाई अगाडि बढाउनुभएको हो । “यो पूरै डाँडो सबै झाडीले घेरिएको थियो”, रेग्मीले भन्नुभयो, “यहाँ घुमेर गएपछि राजमार्गसँगै रहेको साढे दुईतले घर बिक्री गरेर यहाँ लगानी गरेँ, अहिले सन्तुष्ट छु ।” यस ठाउँको झाडी सफा गर्नमात्रै एक हजार पाँच सय श्रमिक लागेका उहाँले स्मरण गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)