मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

rajdhanidaily.com · Sun May 24 12:30:05 GMT 2026

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तक्रियामा उनले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताए ।

विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भने, “राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय