सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग
rajdhanidaily.com · Wed Jun 17 07:59:19 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिका ’boutमा प्रष्ट पार्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरे ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएको धारणाका सम्बन्धमा ‘रुलिङ’ गर्न र संसदमा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ
प्रतिनिधि सभा