मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिमी न्यून चापीय प्रणालीका कारण एकाएक मौसम बदली, जाडो अझै बढ्ने

ratopati.com · Fri Dec 06 23:43:00 GMT 2024

काठमाडौं । पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । शुक्रबार साँझै नेपाली आकाशमा त्यसको संकेत देखिएको मौसमविदले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले आइतबारको साँझदेखि नेपालका धेरै स्थानमा थप बदलीको सम्भावना रहेको जनाएको छ ।

आइतबार साँझदेखि सोमबार साँझसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)