मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

बडादशैँको आज दोस्रो दिन, आज ब्रह्मचारिणीको आराधना

kendrabindu.com · Mon Oct 16 00:35:31 GMT 2023

बडादशैँको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ।

तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)