मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

baahrakhari.com · Tue May 12 18:02:14 GMT 2026

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा मिनी बसको ठक्करबाट मंगलबार साँझ एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१ प १६०९ नम्बरको पर्यटक मिनी बसको ठक्करबाट पैदलयात्री चुमीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)