बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण
ratopati.com · Fri Oct 04 20:30:00 UTC 2024

बाँके । खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइएको हो ।
'शुक्रबार खजुराको गिजरा सामुदायिक वनको जंगलबाट चितुवालाई नियन्त्रणमा लिएका छौँ,' डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले भने, 'चितुवाले समस्या पारेको जनगुनासो आइरहेको थियो । वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिएका हौँ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)