‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’
canadanepal.com · Sun May 24 12:47:26 GMT 2026

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज आयोजित लागूऔषध दुर्व्यसनविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिङ्गो राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकाले यसलाई नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
नेपाल प्रहरी