प्रहरीको ‘स्वीप अपरेसन’ १४ सय बढी पक्राउ
kathmandupati.com · Wed Jun 17 08:15:22 GMT 2026

काठमाण्डु- जिल्ला प्रहरी परिसरले गत जेठ महिनामा सञ्चालित ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ । कारबाहीमा १९९ महिला, एक हजार २१८ पुरुष र अन्य तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाण्डु प्रहरीले स्वीप अप्रेसन चलाएको थियो । ठमेल क्षेत्रमा दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश र केन्याका २१ महिलालाई नियन्त्रणमा लिई ‘डिपोर्ट’ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)