जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
ratopati.com · Fri Oct 04 21:33:00 UTC 2024

धादिङ । जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप बढी कारबाही पर्ने गरेका छन् ।
शुक्रबार बिहान जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायत गाउँपालिकाका विभिन्न बस्तीबाट छतमा यात्रु राखेर ओसारपसार गर्ने पाँचवटा बोलेरो जिप जरिवानासहित कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)