मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कन्नड सुपरस्टार यशको फिल्म टक्सिकको व्यापार झुर

ratopati.com · Wed Sep 09 07:32:38 GMT 2026

नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन–अप्स’ प्रदर्शनमा आएको दुई साता पूरा भएको छ । अगस्ट २६ मा रिलिज भएको एक्सन–थ्रिलर ग्याङ्स्टर फिल्मले पहिलो दिन १०१ करोड १० लाख भारुको शानदार ओपनिङ गरे थियो । यो फिल्मबाट मेकरहरूले निकै आशा गरेका थिए । तर तर त्यसपछि भने फिल्मको कमाइ लगातार घटिरहेको छ ।

सैकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्टअनुसार फिल्मले भारतमा १४औँ दिन अर्थात् दोस्रो मंगलबार करिब ६९ लाख भारु मात्रै नेट कलेक्सन गरेको छ । दोस्रो सोमबार फिल्मले ७५ लाख रुपैयाँ कमाएको थियो । यसअनुसार मंगलबारको कमाइमा करिब ८ प्रतिशत गिरावट आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)