सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागे
barnanmedia.com · Fri Oct 04 21:41:12 UTC 2024

सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागेका छन् ।
विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बल नेपालका तीन जना कर्मचारीमाथि कारबाही अघि बढेको छ ।अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवरलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)