नेपालका पूर्वराजा र भुटानका पूर्वराजाबीच भेट
barnanmedia.com · Fri Oct 04 21:57:10 UTC 2024

सत्र वर्षअघिसम्म दक्षिण एसियामा दुई ‘हिमाली अधिराज्य’ थिए, नेपाल र भुटान। संविधान सभाले १५ जेठ २०६५ मा गणतन्त्रको घोषणा गरेपछि दक्षिण एसियामा भुटान मात्रै राजतन्त्रात्मक मुलुकका रूपमा छ।
गणतन्त्रात्मक मुलुक बने पनि पूर्वराजा ज्ञानेन्द्र शाह मौका मिले शान्तिपूर्ण रूपमा फेरि गद्दीमा फर्कन लालायित छन्। उता भुटानका पूर्वराजा चाहिँ राजपाठ आफ्ना छोरालाई त्यागेर शान्त जीवन बिताइरहेका छन्। २०६३ मंसिरमा आफै गद्दी त्यागेका भुटानका चौथा राजा जिग्मे सिंगे वाङचुक र निर्वाचित संविधान सभा निर्णयपछि गद्दी त्याग गर्न बाध्य नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहबीच शुक्रबार (१८ असोज) भुटानको राजधानी थिम्पुमा भेटवार्ता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)