मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीले गर्यो वेल घेराउ
nepalviews.com · Wed Jun 17 08:22:36 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव ले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसक्रममा उनीहरूले संसद्को वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।
सांसदहरूको विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले बैठकलाई निरन्तरता दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ