मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै

barnanmedia.com · Fri Oct 04 22:04:33 UTC 2024

एक सातादेखि पहिराले अवरुद्ध भएको तनहुँको बुद्धसिंह मार्गमा पहिरा पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षासँगै पहिरा आउँदा विभिन्न ठाउँ अवरुद्ध भएको थियो अवरुद्ध सडक सञ्चालन गर्न पहिरा पन्छाउने काम सुरु गरिएको हो ।

हालसम्म व्यास नगरपालिका–१४ मास्दीघाटबाट बन्दीपुर गाउँपालिका–६ खहरेसम्मको पहिरा पन्छाइएको स्थानीय अगुवा सिद्धान्त थापा मगरले जानकारी दिनुभयो । बन्दीपुरस्थित नाल्दीघाटमा ठूलो पहिरा गएको र सानो जेसिभी भएकाले पहिरा पन्छाउन समस्या भएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)