अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति
kendrabindu.com · Sun May 24 12:56:12 GMT 2026

काठमाडौं । सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा रु छ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ । क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको रकम प्राप्त हुनसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)