शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
gorkhapatraonline.com · Wed Jun 17 08:27:31 GMT 2026

दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको तनाव कम गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
इरानसँगको युद्ध अन्त्यका लागि अमेरिका र इरानबिच सहमति बनेको पृष्ठभूमिमा सियोलले अब वासिङ्टनको ध्यान उत्तर कोरियातर्फ मोडिने अपेक्षा गरेको देखिएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार फ्रान्समा सम्पन्न जी-७ शिखर सम्मेलनका क्रममा ट्रम्प र लीबिच उत्तर कोरियाको विषयमा विस्तृत छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)