राष्ट्रिय रोजगार नीति परिमार्जनसँगै ‘नेशनल इम्प्लोयमेन्ट प्रमोशन’ दशकको तयारी
kalakarmi.com · Wed Jun 17 08:26:53 GMT 2026

काठमाडौं- युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले रोजगार क्षेत्रको सुधारका लागि व्यापक नीतिगत परिवर्तनको तयारी भइरहेको जानकारी दिए ।
मन्त्री यादवले सांसदहरूले दिएको सुझावप्रति आभार व्यक्त गर्दै सरकारले अपेक्षा गरेको लक्ष्य र सबैको साझा उद्देश्य रोजगारी सिर्जना र प्रवद्र्धन नै रहेको उल्लेख गरे । उनले आन्तरिक रोजगारीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आगामी दशकलाई ‘नेशनल इम्प्लोयमेन्ट प्रमोशन’ दशकका रूपमा घोषणा गर्ने तयारी गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)