एम्बुलेन्स दुर्घटना, चालक घाइते
gorkhapatraonline.com · Mon Jul 07 17:03:33 GMT 2025

अदानचुली (हुम्ला), असार २३ गते । कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)