जस्तापाताले छाउँदा माटो–ढुङ्गाका परम्परागत घरको अस्तित्व मेटिँदै
deshsanchar.com · Mon Jul 07 17:15:36 GMT 2025

मुगु – कर्णालीका पहाडी गाउँमा सदियौंदेखि बनाइँदै आएका माटो र ढुङ्गाका घरहरू अहिले मौलिकता गुमाउँदै गएका छन्। पहिले काठ र ढुङ्गाको सानो झ्याल, माटोले लिपपोत गरिएका भित्ताहरू, र चंगा ढल्किने काठका छाना भएका यी घरहरू अहिले जस्ता पाताले छाइँदा आफ्नो परम्परागत रूप नै हराउँदै गएका छन्।
पहिले यस्ता घरहरू मौसमअनुकूल, वातावरणमैत्री र गाउँको पहिचान नै हुने गर्थे। तर पछिल्ला केही वर्षयता मानिसहरूले छाना छाउने क्रममा जस्ता पाताको प्रयोग गर्न थालेपछि ती घरहरूको मौलिक अस्थित्व हराउदै जान थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)